फिलिपिन्समा आएको समुद्री आँधीबाट सिरगाओ टापु तहसनहस

फिलिपिन्समा आएको समुद्री आँधीबाट सिरगाओ टापु तहसनहस

Siargao

काठमाडौँ । फिलिपिन्समा आएको समुद्री आँधी ‘राई’बाट पर्यटकीय टापु सिरगाओ तहस नहस भएको छ ।

मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित आएको राई समुद्री आँधीले भारी वर्षा भएको थियो ।

आँधीले बाटोमा परेका घरहरू ढलाउँदा हजारौं मानिस विस्थापित भएका छन् । त्यस्तै रुख र विद्युतका तार र खम्बाहरू ढलेका छन् ।

संयुक्त राष्ट्रसंघले आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका जनाएको छ।

आँधीमा परी अहिलेसम्म १२ जनाको मृत्यु भैसकेको छ ।

फिलिपिन्समा बारम्बार आँधी आउने गरेको छ । वर्षमा औसत २० आँधी आउने गरेका छन् ।

यसअघि सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले मानवीय क्षति र विनाश गरेको थियो । त्यस्तै सन् २०१३ मा ६ हजार मानिसहरूको ज्यान जाने गरी ‘हैयान’ समुद्री आँधी आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds