पाकिस्तानमा बम विस्फोट हुँदा १० जनाको मृत्यु, १२ जना घाइते

पाकिस्तानमा बम विस्फोट हुँदा १० जनाको मृत्यु, १२ जना घाइते

bom blast-3

काठमाडौँ । पाकिस्तानमा बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । १२ जना गम्भीर घाइते भएका छन् ।

दक्षिणी बन्दरगाह सहर कराचीमा आज एउटा दुई तले भवनको भुइँ तल्लामा भएको बम विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विस्फोट भएको बताइएको छ।

विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।

कराची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds