ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको मृत्यु

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका विद्यार्थीको मृत्यु

received

सर्लाही । सर्लाहीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–९, मा सोमबार ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको मृत्यु भएको हो ।

उनलाई ना३ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको हो।

ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका बालकको घटनास्थलमै ज्यान गएको थियो । यादव लालबन्दी नगरपालिकास्थित जनज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत थिए । बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले केहीबेर पूर्व पश्चिम लोकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ