म्यानमारमा सेनाद्वारा ४० सर्वसाधारणको क्रुर यातनापछि सामुहिक हत्या

म्यानमारमा सेनाद्वारा ४० सर्वसाधारणको क्रुर यातनापछि सामुहिक हत्या

myanmar

काठमाडौँ । म्यानमारमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् ।

जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको बीबीसीले जनाइएको छ ।

प्रत्यक्षदर्शी र यस घटनाबाट बचेका मानिसहरुका अनुसार सैनिकले अलग–अलग समूहमा विभाजन गरेर हत्या गरेको हो ।

घटनाको भिडियो फुटेज र तस्वीरमा पीडितको हत्या गनुअघि उनीहरुलाई एकदमै प्रताडित गरिएको देखिएको छ । उनीहरुलाई सामुहिक चिहानमा गाडिएको समाचारमा उल्लेख छ ।

उनीहरुको हत्या विपक्षीको गढ मानिएको म्यानमारको कानी क्षेत्रका विभिन्न चार स्थानमा गरिएको थियो ।

गत फेब्रुअरीमा आङ सान सूचीको नेतृत्व गरेको लोकतान्त्रिक सरकारलाई सेनाले कब्जामा लिएपछि त्यहाँका स्थानीयले विरोध गर्दै आइरहेका छन् । सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म १ हजार भन्दा बढी मनिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ