ओमिक्रोन नियन्त्रणका लागि भिडभाड नगर्न डब्ल्यूएचओको आग्रह

ओमिक्रोन नियन्त्रणका लागि भिडभाड नगर्न डब्ल्यूएचओको आग्रह

WHO-990×651

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको छ।

कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वव्यापी बनिरहेको बेला डब्ल्युएचओका प्रमुख टेड्रोस ग्याब्रियसले अपील जारी गर्दै क्रिसमस पर्व मनाउने क्रममा हुने ओहोरदोहोर र भीडभाडले संक्रमण झन तीव्र हुने भन्दै बिदा र यात्राका कार्यक्रम रद्द गर्न आह्वान गरेको हो ।

उनले जिन्दगी नै रद्द गर्नु भन्दा एउटा कार्यक्रम रद्द गर्नु उपयुक्त हुने समेत बताएका छन् । जिन्दगी रहे पर्व अर्को पटक मनाउन पाइने भन्दै ग्याब्रियसले व्यक्ति, समाज र देश सबैले सहयोग गरे मात्रै महामारीबाट जोगिन सकिने उल्लेख गरेका छन् ।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएपछि नियन्त्रणका लागि युरोपेली देशले प्रतिबन्धात्मक व्यवस्था लागू गर्ने क्रम बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ