फिलिपिन्स आँधीः मृत्यु हुनेको संख्या ३७५ पुग्यो

फिलिपिन्स आँधीः मृत्यु हुनेको संख्या ३७५ पुग्यो

Siargao

काठमाडौँ । फिलिपिन्समा गत बिहीबार आएको आँधीमा परेर मृत्यु हुनेको संख्या ३७५ पुगेको छ ।

करिब १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधी राय जब देशको दक्षि–पूर्वी द्वीपसँग ठोकियो तब लगभग ४ लाख मानिस यसबाट प्रभावित भएको बीबीसीले जनाएको छ।

आँधीमा कम्तीमा ५०० जना घाइते भएका छन् । अझै ५६ जना बेपत्ता छन् ।

अहिलेसम्म पनि आँधीले पु¥याएको क्षतिबारे पूर्ण अनुमान लगाउन नसकिएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ