मलेसियामा बाढीका कारण १४ को मृत्यु, ७० हजार भन्दा धेरै विस्थापित

मलेसियामा बाढीका कारण १४ को मृत्यु, ७० हजार भन्दा धेरै विस्थापित

badhi

काठमाडौँ । मलेसियामा बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

केही दिनदेखि निरन्तर वर्षाका कारण आएको बाढीले जनधनको क्षति गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बाढीका कारण ७० हजारभन्दा धेरै नागरिक विस्थापित भएका छन् । बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका भएका बताइएको छ ।

उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् ।

बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका अत्यावश्यक सेवा प्रभावित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ