तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

तालिवानद्वारा विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध

taliban

काठमाडौँ । अफगानिस्तानमा तालिबान समूहले विज्ञापनमा महिलाको फोटो प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मुख्य गरी काबुल सहरमा ‘साइनबोर्ड’ मा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाइएको हो ।

काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन स्थानीय सरकारलाई आदेश दिएको कुरा टोलो न्युजले काबुल नगरपालिकाका प्रवक्ता नेमतुल्लाह बाराक्जाईलाई उद्धृत गरी लेखेको छ ।

सरकारको निर्णयको आधारमा इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बाराक्जाईले बताएको समाचारमा उल्लेख गरिएको छ ।

तालिबानको उक्त निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् ।

महिला अधिकारकर्मीले पनि सरकारको निर्णयले महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने काम भएको टिप्पणी गरेका छन् ।
उनीहरूले तालिबान समूहले आफ्नै प्रतिबद्धतालाई उल्लङ्घन गर्दै आएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ