बङ्गलादेशमा तीनतले डुङ्गामा आगलागी हुँदा ३६ को मृत्यु, १०० जना घाइते

बङ्गलादेशमा तीनतले डुङ्गामा आगलागी हुँदा ३६ को मृत्यु, १०० जना घाइते

fire-bangledesh

काठमाडौँ । बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गा (फेरी) मा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० जना यात्रु थिए ।

स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर १०० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने फसेकाहरुको उद्धार भइरहेको छ ।

डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ