जिब्रोले खोल्छ स्वास्थ्यको रहस्य

जिब्रोले खोल्छ स्वास्थ्यको रहस्य

jibro tounge

सञ्चो छैन भने ऐनाअगाडि गएर जिब्रो बाहिर निकाल्नुस् । जिब्रोले तपाईंको स्वास्थ्यका बारेमा कति धेरै रहस्य उजागर गर्छ भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्नेछ ।

स्वस्थ जिब्रो
गजबको राम्रो स्वास्थ्य छ भने जिब्रो गुलाबी हुन्छ र यसमा हलका सेतो परत हुन्छ । यो ठिक्कको मोटो हुन्छ, यसमा छिद्र हुँदैन अनि दाँतको दाग पनि हुँदैन । जिब्रोमाथि औंला दौडाउनुभयो भने ससाना दाना जस्ता महसूस हुन्छन् । ती तपाईंका स्वाद थाहा पाउने अंग हुन् । यो भेटियो भने तपाईं स्वस्थ हुनुहुन्छ ।

रातो जिब्रो
जिब्रो रातो भयो भने भिटामिनको कमी, ज्वरो, कावासाकी रोगको लक्षण हो । तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।

कालो जिब्रो
मधुमेह लागेका मानिसको जिब्रो कालो र कपाल जस्तो हुन्छ ।

जिब्रोमा सेतोपना
तपाईंको जिब्रो नै सेतो छ वा त्यसमा सेता दागहरू छन् भने रोगको लक्षण हो । तत्कालै चिकित्सककहाँ जानुहोस् ।

जिब्रोमा फोका
कहिलेकाहीँ जिब्रो टोकिँदा पनि फोका उठ्छन् । धुम्रपान गर्ने मानिसको पनि जिब्रोमा घाउ हुन्छ । मुखमा अल्सर हुँदा पनि फोको उठ्छ । जिभ्रोको क्यान्सरको पनि लक्षण हो यो । चिकित्सककहाँ गइहाल्नुस् ।

दिनदिनै दाँत माझ्दाखेरी जिब्रो हेर्नुपर्छ । अलि फरक रंग, फोका वा दुखाइ भएको दुई हप्ताभित्र लक्षण रहिरह्यो भaने तालिमप्राप्त चिकित्सककहाँ गइहाल्नुपर्छ ।

एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ