सञ्चो छैन भने ऐनाअगाडि गएर जिब्रो बाहिर निकाल्नुस् । जिब्रोले तपाईंको स्वास्थ्यका बारेमा कति धेरै रहस्य उजागर गर्छ भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्नेछ ।
स्वस्थ जिब्रो
गजबको राम्रो स्वास्थ्य छ भने जिब्रो गुलाबी हुन्छ र यसमा हलका सेतो परत हुन्छ । यो ठिक्कको मोटो हुन्छ, यसमा छिद्र हुँदैन अनि दाँतको दाग पनि हुँदैन । जिब्रोमाथि औंला दौडाउनुभयो भने ससाना दाना जस्ता महसूस हुन्छन् । ती तपाईंका स्वाद थाहा पाउने अंग हुन् । यो भेटियो भने तपाईं स्वस्थ हुनुहुन्छ ।
रातो जिब्रो
जिब्रो रातो भयो भने भिटामिनको कमी, ज्वरो, कावासाकी रोगको लक्षण हो । तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।
कालो जिब्रो
मधुमेह लागेका मानिसको जिब्रो कालो र कपाल जस्तो हुन्छ ।
जिब्रोमा सेतोपना
तपाईंको जिब्रो नै सेतो छ वा त्यसमा सेता दागहरू छन् भने रोगको लक्षण हो । तत्कालै चिकित्सककहाँ जानुहोस् ।
जिब्रोमा फोका
कहिलेकाहीँ जिब्रो टोकिँदा पनि फोका उठ्छन् । धुम्रपान गर्ने मानिसको पनि जिब्रोमा घाउ हुन्छ । मुखमा अल्सर हुँदा पनि फोको उठ्छ । जिभ्रोको क्यान्सरको पनि लक्षण हो यो । चिकित्सककहाँ गइहाल्नुस् ।
दिनदिनै दाँत माझ्दाखेरी जिब्रो हेर्नुपर्छ । अलि फरक रंग, फोका वा दुखाइ भएको दुई हप्ताभित्र लक्षण रहिरह्यो भaने तालिमप्राप्त चिकित्सककहाँ गइहाल्नुपर्छ ।
एजेन्सी
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती