सलमान खानलाई टोक्यो सर्पले, कस्तो छ स्वास्थ्य अवस्था ?

सलमान खानलाई टोक्यो सर्पले, कस्तो छ स्वास्थ्य अवस्था ?

salman khan

फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ। हिन्दुस्तान टाइम्सका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले डसेको हो।

सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस पुगेका थिए।उनलाई सर्पले डसेपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो। ६ घण्टा अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका छन्।

समाचार संस्था पिटिआइका अनुसार शनिबार राति खानको हातमा सर्पले टोकेको थियो। उनलाई टोक्ने सर्प विषालु नभएको अस्पतालले जनाएको छ।

उनी अहिले फार्म हाउसमै फर्किसकेका छन्। गत वर्ष पनि सलमान खानले आफ्नो परिवारसँग फार्महाउस पानभेलमा जन्मदिन मनाएका थिए।

बिगबोस १५ को हालै आएको एपिसोडमा पनि उनले आरआरआरका कलाकारसँग केक काटेर जन्मदिन मनाएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ