रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटनाः चारको मृत्यु, चार जना गम्भीर घाइते

रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटनाः चारको मृत्यु, चार जना गम्भीर घाइते

accident

रौतहट । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ प्लेटको रातो स्कारपियो मंगलबार दिउँसो ४ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा १६ बर्षीय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख छोटुको मृत्यु भएको छ । प्रहरीका अनुसार सबै भारतीय नागरिक रहेको बुझिएको छ ।

अत्यधिक गतिमा रहेको कार विजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडी सडकबाट तीन मिटर तल खेतमा झरेको छ । गाडीमा ८ जना यात्रु सवार थिए ।

गम्भीर घाइते चार जनालाई उपचारकालागि रौतहटको ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ