न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

न्युयोर्कमा गायक राजेश पायल राईमाथि हातपात

rajesh

पोखरा । अमेरिकाको न्यूयोर्कमा गायक राजेशपायल राईमाथि हातपात भएको छ ।

नयाँवर्ष २०२२ को स्वागतका लागि आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राईमाथि हातपात गरेका हुन् ।

स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए ।

हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ । हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए ।

उनीमाथि हातपातको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हातपात कसले किन गर्यो भन्ने खुलेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds