नेफाको उपाध्यक्षमा बिमलाको उम्मेद्वारी

नेफाको उपाध्यक्षमा बिमलाको उम्मेद्वारी

bimala bhatta

पोखरा । नेपाल जनस्वास्थ्य संघ (नेफा) को उपाध्यक्षमा बिमला भट्टले उम्मेदवारी दिएकी छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा भट्टले उम्मेदवारी दिएकी हुन् ।

यसअघि नेपाल जनस्वास्थ्य संघको चुनावमा सबैभन्दा बढी ल्याएर उनी केन्द्रीय सदस्य बनेकी थिइन् । सन् १९९० मा संस्था स्थापना भएदेखि नेफाको इतिहासमा पहिलो पटक केन्द्रीय समितिको उपाध्यक्षमा महिलाको उम्मेदवारी परेको हो । उनी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेजको निर्देशक हुन्।

बिगत २० वर्षदेखि जनस्वास्थ क्षेत्रमा क्रियाशील भट्टले त्रिवि आइओएम महाराजगञ्जबाट प्रमाणपत्र नर्सिङ र बि.पि.एच तथा बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एम.पि. एच. अध्ययन गरेकी छन् । भट्टले त्रिविबाटै समाजशास्त्र तथा जनस्वास्थ्यमासमेत स्नातकोत्तर अध्ययन गरेकी छन् ।

जनस्वास्थ क्षेत्रमा महिलाको आकर्षण बढाउन आफूले काम गर्ने उनले बताएकी छन् । आफू पीछडिएको क्षेत्रबाट भएको हुनाले जनस्वास्थ्य शिक्षा अध्ययन र अनुसन्धानको माध्यमबाट देशका हरेक जनसमुदायमा जनस्वास्थ्य अधिकारको लागि सशक्त पहल गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् । ‘विशेष गरि महिला, दलित, उत्पीडित र पीछडिएको समुदायको जनस्वास्थ्य अधिकारका लागि म काम गर्नेछु,’ उनले भनिन् ।

नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान पुस २४ गते ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ