सुडानका प्रधानमन्त्री हाम्डोकले दिए राजीनामा

सुडानका प्रधानमन्त्री हाम्डोकले दिए राजीनामा

sudan

काठमाडौँ । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिएका छन् ।

नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका हुन् ।

टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन् ।

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन् ।

गत अक्टोबर महिनामा सेनाले कु गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनरबहाली गरेको थियो ।

तर सेनासँग सम्झौता गरी पुनः प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds