विभिन्न व्यक्तिको फेसबुक अकाउन्ट ह्याक गर्दै रकम माग गर्ने १८ वर्षीय किशोर पक्राउ

विभिन्न व्यक्तिको फेसबुक अकाउन्ट ह्याक गर्दै रकम माग गर्ने १८ वर्षीय किशोर पक्राउ

Kiran-Pathak

काठमाण्डौ । विभिन्न व्यक्तिहरुको फेसबुक अकाउन्ट ह्याक गरेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिहरुको फेसबुक अकाउन्ट ह्याक गरी आइडिको दुरुपयोग गर्दै उक्त आइडिमा भएका मानिसलाई विभिन्न बहाना बनाएर रकम माग गरी ठगी गरेको आरोपमा प्रहरीले किशोरलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका वडा नं- १० मंगलबारे घर भइ हाल भक्तपुरको गठ्ठाघर बस्दै आएका १८ वर्षीय किशोर किरण पाठक रहेका छन्।

महानगरीय अपराध महाशाखाका अनुसार उनले ह्याक गरेको आइडिमा रहेका मानिसलाई विभिन्न बहाना बनाएर आफूलाई अर्जेन्ट समस्या परेको भन्दै विश्वास दिलाएर पैसा पठाउन लगाउँदै आएका थिए।

घटनाको जानकारी पश्चात अनुसन्धान गर्दै आएको प्रहरीको टोलीले उनलाई आइतबार साँझ अन्दाजी ५:३० बजेको समयमा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी सम्बन्धी कसुरमा थप कारवाहीका लागि  महानगरीय प्रहरी परीसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds