दैलेखमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते

jeep-accident

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकामतर्फ जाँदै गरेको लु.२ च ४८२९ नं.को जीप नारायण नगरपालिका–११ मा आज बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका–६ स्थायी घर भई वडा नं १ मा बस्ने ३० वर्षीय कृष्ण रोकाय (जिप चालक) को मृत्यु भएको हो ।

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ