अफगानिस्तानमा भारी हिमपात र वर्षापछि सङ्कटकालको घोषणा

अफगानिस्तानमा भारी हिमपात र वर्षापछि सङ्कटकालको घोषणा

himpat (1)

काठमाडौँ । अफगानिस्तानमा भारी हिमपात र वर्षापछि सङ्कटकालको घोषणा गरिएको छ ।

वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ ।

बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा बन्द भएको छ ।

थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds