अमेरिकामा एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु

अमेरिकामा एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु

aago lagi

काठमाडौँ । अमेरिकाको फिलाडेल्फिया शहरको एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

भवनमा २६ जना बस्दै आएका थिए । आगलागीका बेला भवनमा रहेका अरु आठ जनाले भागेर ज्यान जोगाएका छन् ।

आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो निभाउन ढिलाइ भएको बताइएको छ । विद्युत् सर्ट भइ आगलागी भएकोे हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds