चीनको छिङहाईमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको छिङहाईमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

_earthaque-bhukampa

काठमाडौँ । चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको छ ।

भूकम्पपछि परकम्प गएका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds