काठमाडौँ । उत्तरी पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा मृत्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् ।
शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ ।
भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।
गृहमन्त्री शेख रसिदले १५/२० वर्षयताकै धेरै संख्यामा पर्यटकहरु हिउँमा खेल्न भनेर मुरी क्षेत्रमा पुगेका थिए । बाटोमा पर्यटकहरु चढेका करिब १ हजार सवारी साधनहरु अलपत्र परेका छन् ।
पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी गरेको थियो ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर