आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

आङ सान सू चीलाई ४ वर्षको कैद सजाय

ang_sangsuki

काठमाडौँ । म्यान्मारको सैन्य अदालतले नेतृ आङ सान सू चीलाई तीनवटा मुद्दामा दोषी ठहर गरी थप चार वर्षको कैद सजाय सुनाएको छ।

७६ वर्षीया नोबेल पुरस्कार विजेता सू चीलाई लगभग एक वर्षअघि सेनाले कू गरेपछि हिरासतमा लिइएको छ । उनीविरुद्ध लगभग एक दर्जन अभियोग छ । राजनीतिक प्रतिशोधका साथ उनीविरुद्ध मुद्दा लगाइएको आलोचकहरू बताउँछन् ।

उनलाई अनुमति नलिइकन वाकीटकी बोकेकोमा दुई वर्ष अनि कोरोनाभाइरस नियन्त्रण नियम तोडेकोमा अर्को दुई वर्षको कैद सजाय दिइएको हो ।

सू चीविरुद्ध लगाइएका सबै आरोप प्रमाणित भएमा उनीमाथि आजिवन काराबासको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ