आजको मौसम पूर्वानुमान!

आजको मौसम पूर्वानुमान!

badali_mausam_ktm

पोखरा । देशका अधिकांश स्थानमा आज (शुक्रबार) को मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ।

अहिले बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ