अफगानिस्तानमा भूकम्प, २६ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प, २६ जनाको मृत्यु

Earthquake

काठमाडौँ । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिकासमेत रहेका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा हिजो ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पका कारण कयौँ घर भत्किएका छन् । ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ ।

त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भूकम्प पछि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ