राहदानी विभागले अत्यावश्यक सेवाबाहेक विभागबाट प्रदान हुने सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीहरुमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपछि विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक अन्य राहदानी सेवा सम्बन्धी सेवा तत्कालका लागि बन्द गरिएको हो ।
मंगलबार एक सूचना जारी गर्दै विभागले यसअघि दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन भएको जानकारी दिएको छ । ‘अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ,’ सूचनामा भनिएको छ ।
विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा यस ईमेलमा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्न सकिने छ ।
सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिनभित्र ईमेलबाटै जानकारी गराउने जनाएको छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले ईमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य भने निरन्तर रहने जनाइएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो