राहदानी वितरण अनिश्चितकालका लागि बन्द

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

passport-rahadani

राहदानी विभागले अत्यावश्यक सेवाबाहेक विभागबाट प्रदान हुने सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । विभागका कर्मचारीहरुमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपछि विदेशमा उपचार गर्न जानेजस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवाबाहेक अन्य राहदानी सेवा सम्बन्धी सेवा तत्कालका लागि बन्द गरिएको हो ।

मंगलबार एक सूचना जारी गर्दै विभागले यसअघि दिएको बुकिङ्ग तथा टोकन हाललाई स्थगन भएको जानकारी दिएको छ । ‘अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङ्गको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने छ,’ सूचनामा भनिएको छ ।

विदेशमा उपचारको लागि जाने तथा अत्यन्त जरुरी परेका अवस्थामा यस ईमेलमा अनलाइन भरेको फाराम, यथेष्ट प्रमाण र कारणसहित अनुरोध गर्न सकिने छ ।

सीमित सेवाग्राहीलाई प्राथमिकताको आधारमा स्वीकृत भएका निवेदन बारे विभागले दुई कार्य दिनभित्र ईमेलबाटै जानकारी गराउने जनाएको छ । निवेदन स्वीकृत भएका सेवाग्राहीले ईमेल प्रिन्ट गरेर तोकिएको मिति र समयमा विभागमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयहरुबाट लाइभ इनरोलमेन्ट भई आएका आवेदनअनुसार राहदानीको उत्पादन गर्ने र जिल्लामा पठाउने कार्य भने निरन्तर रहने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ