नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु

नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु

bikash-sharma

काठमाडौँ । नेदरल्यान्ड्समा स्कुटरको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्मा रहेका छन्।

नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ पैदलयात्रा गरिरहेका उनलाई स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो।

मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।

मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइसहित अन्त्येष्टि गरिँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ