मुम्बईमा लडाकु पानीजहाज विष्फोट हुँदा ३ जनाको मृत्यु

मुम्बईमा लडाकु पानीजहाज विष्फोट हुँदा ३ जनाको मृत्यु

ship

काठमाडौँ । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन चलिरहेको छ ।

आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds