विश्वका पाका व्यक्तिको निधन

विश्वका पाका व्यक्तिको निधन

image-1

काठमाडौँ । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड ग्रार्सियाको निधन भएको छ ।

गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका ग्रार्सियाको १ सय १२ वर्ष ३ सय ४१ दिनमा निधन भएको हो ।

उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा ज्येष्ठ व्यक्ति घोषित भएका थिए । अर्को महिना आफ्नो ११३ औं जन्म दिन मनाउने योजनामा रहेका उनको स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेबु्रुअरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो ।

उनी पेसाले जुत्ता व्यापारी थिए । उनका साता छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ