एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, घट्यो पीसीआर परीक्षण शुल्क

एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, घट्यो पीसीआर परीक्षण शुल्क

corona patient

पछिल्लो २४ घण्टामा नेपालमा ११३५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९५०२ जना र एन्टिजन परिक्षण गर्दा १८५० जना गरि जम्मा ११३५२ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार १०२५८ जना कोरोना संक्रमित थपिएका थिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८ रहेको छ ।

आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७८ जना, ललितपुरमा १०१९ जना र काठमाडौंमा ४६६६ जना गरि जम्मा ६३४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

घट्यो पीसीआर परीक्षण शुल्क

सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो । त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ