पोखरा महानगरपालिका शिक्षा शाखाको त्रिदिवसीय शिक्षक अभिमुखीकरण सम्पन्न भएको छ । महानगरले पोखरा महानगरभित्रका आधारभूत तथा माध्यमिक तह(कक्षा ६–१२) मा नेपाली विषय शिक्षकहरुका लागि तीन विद्यालयहरुमा तालिमकेन्द्र तोकेर विषयगत तालिम सञ्चालन गरेको हो ।
अभिमुखीकरण तालिमको शनिबार समापन समारोहमा बोल्दै पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत बद्रीनाथ सुवेदीले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै अबको शिक्षा सूचना, सञ्चार र प्रविधिमैत्री हुनुपर्ने र यस तालिमले नेपाली भाषा शिक्षकहरुलाई पनि प्रविधिमैत्री बनाउन थप योगदान पुग्ने बताए । सुवेदीले शिक्षामा आएका परिर्वतनहरुलाई कक्षामा पुर्याएर नयाँ पुस्तामा नविन ज्ञानको ज्योति छर्ने काम शिक्षकले गर्ने भएकाले दक्ष, योग्य शिक्षक उत्पादनका लागि तालिमको आयोजना गरिएको बताए ।
जनप्रकाश मावि भण्डारढिक, कालिका मावि रामबजार र जनप्रिय मावि सिमलचौरमा त्रिदिवसीय रुपमा सञ्चालित तालिममा सहजकर्ताका रुपमा सिद्ध मावि पोखराका सहायक प्रअ जुना थापा, भविष्य निर्माण माविका खगीसरा अधिकारी, भद्रकाली माविका लोकचन्द्र खनाल, जनप्रकाश माविका पार्वती खनाल रहेका थिए ।
त्यस्तै ब्रह्माकुमारी इश्वरीय विद्यालय पार्दी शाखाका प्रमुख गीता दिदीले पनि शिक्षकहरुका लागि सकरात्मक सोच र उत्प्रेरणासम्बन्धी प्रशिक्षण गरेकी थिइन् ।
तालिमको अन्तिम दिन जनप्रिय मावि सिमलचौरमा आयोजित समापन कार्यक्रम सोही विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बास्कोटाको अध्यक्षता, महाशाखाका शिक्षा अधिकृत श्री रामप्रसाद तिवारीले स्वागत मन्तव्य र सञ्चालन प्रा.स.सरला सापकोटाले गरेकी थिइन् ।
त्यस्तै सहभागीको तर्फबाट राष्ट्रिय माविका शिक्षक शिवभक्त देवकोटाले मन्तव्य र प्रतिवेदन विन्दवासिनी माविका सरिता पौडेलले प्रस्तुत गरेकी थिइन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु