अमेरिकाले रुसलाई युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

अमेरिकाले रुसलाई युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

putin

तस्विर : एपी

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन् । युक्रेनको विषयलाई लिएर अमेरिकाले युद्धमा तान्न खोजेको उनको आरोप छ ।

यद्यपि उनले वार्ता र सम्वादको सम्भावना कायमै रहेको बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारे आफूहरुले राख्दै आएको चासोलाई बेवास्ता गरिरहेको पुटिनको टिप्पणी छ । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि तनाव बढेको छ ।

रुसले पूर्वी क्षेत्रमा नेटोको थप विस्तार रोक्नेसहित कानुनी रूपमा बाध्यकारी हुनेगरी सुरक्षा सुनिश्चितता गर्न गरेको माग र चिन्तालाई अमेरिकाले बेवास्ता गरेको पुटिनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds