विषाक्त कोकिन सेवन गर्दा १६ जनाको मृत्यु, ५० भन्दा बढी गम्भिर बिरामी

विषाक्त कोकिन सेवन गर्दा १६ जनाको मृत्यु, ५० भन्दा बढी गम्भिर बिरामी

cocaine

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा विषाक्त कोकिन सेवन गर्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विषाक्त पदार्थ मिसाईएको लागु औषध कोकिन सेवन गर्दा १६ जनाको मृत्यु भएको हो । अन्य ५० जनाभन्दा बढी गम्भिर बिरामी परेका छन् ।

लागु औषध तस्कर वा कारोबारीहरुले कोकिनमा बढी नाफा लिने उद्देश्यले अन्य पदार्थ मिसाएका हुन् वा नियतवश विषाक्त पदार्थ मिसाएका हुन् भन्नेबारे छानविन भईरहेको बताइएको छ ।

प्रहरीले विषाक्त कोकिन कारोबारको आशंकामा ब्युनस आयर्सको स्यान्टीटाउन क्षेत्रबाट ९ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds