अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

अमेरिकाले थप दुई हजार सैनिक युरोप पठाउँदै

sainik

अमेरिकाले युरोपमा थप सैनिक पठाउने तयारी गरेको छ ।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा यसै साता थप दुई हजार सैनिक युरोप पठाउन लागेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने आशंका गर्दै अमेरिकाले युरोपमा आफ्नो सैनिक संख्या बढाउन लागेको हो ।

उत्तरी क्यालिफोर्नियाको फोर्ट ब्रागमा रहेका करिब दुई हजार सैनिक पोल्याण्ड र जर्मनीमा तैनाथ गरिने छन् । त्यस्तै, हाल जर्मनीमा रहेका एक हजार अमेरिकी सैनिकलाई रुमानिया पठाइने छ ।

थप ८ हजार सैनिकलाई पनि युरोप पठाउन तयारी अवस्थामा राखिएको पनि पेन्टागनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds