सुनसरीमा बस र ट्रक ठोक्किँदा आगालागीः ३ जनाको मृत्यु, १३ घाइते

सुनसरीमा बस र ट्रक ठोक्किँदा आगालागीः ३ जनाको मृत्यु, १३ घाइते

accident

सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा गएराति साढे ७ बजे बस र ट्रक ठोक्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गएराति काकडभिट्टाबाट काठमाडौँ हिडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिंदा आगलागी भएको हो ।

ज्यान गुमाउनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

आगलागी बाट बस पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ