गोरखामा हिउँ खेल्न गएका दुई किशोर ५ दिनदेखि बेपत्ता

गोरखामा हिउँ खेल्न गएका दुई किशोर ५ दिनदेखि बेपत्ता

gorkha-snow

हिउँ खेल्न गएका गोरखा बारपाकका दुई जना किशोर पाँच दिनदेखि बेपत्ता रहेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले गत बिहीबारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् ।

उनीहरु हिउँ खेल्न भन्दै गत बिहीबार लाप्राक गएका थिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यस यता सम्पर्कमा आएका छैनन् ।

छोरा हराएको भन्दै परिवारले माघ २३ गते बारपाक प्रहरी चौकीमा जानकारी गराएका थिए । बेपत्ता किशोरहरुको खोजी तिब्र बनाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ