भारतको दूरदर्शन च्यानलमा बीआर चोपडाको चर्चित धारावाहिक महाभारतमा ‘भीम’ को भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको निधन भएको छ ।
उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रवीण लामो समयदेखि बिरामी थिए । उनी लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए ।
महाभारत धारावाहिकका साथै उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए । ५० भन्दा बढी चलचित्रमा काम गरेका अभिनेता प्रवीणको अन्तिम चलचित्र सन् २०१३ मा रिलिज भएको थियो । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ रिलिज भएको थियो ।
फिल्ममा काम गर्नु अघि प्रविण कुमार एक खेलाडीसमेत थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीण कुमारले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए । उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए । उनले दुई पटक ओलम्पिकमा पनि देशको प्रतिनिधित्व गरेका थिए । उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए ।
सम्बन्धित खबर
गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको मृत्यु
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’ को स्मरण
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग