टर्की–ग्रिस सिमानामा चिसोले १९ आप्रवासीको मृत्यु

टर्की–ग्रिस सिमानामा चिसोले १९ आप्रवासीको मृत्यु

death body

टर्की र ग्रिसको सीमा नजिकै १९ आप्रवासीहरूको चिसोको कारण मृत्यु भएको छ ।

अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका आप्रवासीहरूको गत साता चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ । हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।

ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएको हुँदा उक्त घटना घटेको टर्कीका अधिकारीहरूले बताएका छन् । तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन् ।

घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds