भारतको उत्तर प्रदेशमा आजबाट विधानसभाको चुनाव सुरु

भारतको उत्तर प्रदेशमा आजबाट विधानसभाको चुनाव सुरु

Voter, chunab

भारतको उत्तर प्रदेशमा विधान सभाको चुनाव सुरु भएको छ ।

सात चरणमा गरिने निर्वाचनका क्रममा पहिलो चरण अन्तर्गत आज ११ वटा जिल्लामा ५८ सिटका लागि मतदान सुरु भएको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

५८ जना विधान सभा सदस्यको लागि ६ सय २३ जनाले उम्मेदवारी दिएका छन् ।

पहिलो चरणमा आज पश्चिमी उत्तर प्रदेशका दुई करोड २८ लाख मतदाताले मतदान गर्ने जनाइएको छ । मतदानका लागि करीब २६ हजार मतदान बुथ तोकिएका छन् भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मार्च ७ तारिखमा सम्पन्न हुने उत्तर प्रदेश विधान सभा निर्वाचनको परिणाम मार्च १० तारिखमा सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds