भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन

Bappi_da

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

अस्पतालका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो ।

उनी गत वर्ष कोरोना भाइरसबाट समेत संक्रमित भएका थिए ।

बप्पीको जन्म २७ डिसेम्बर १९५२ मा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो ।

१९ वर्षको उमेरदेखि नै संगीत निर्देशकको काम सुरु गरेका बप्पी दाले सन् १९७२ मा बंगली फिल्म ‘दादू’ मा पहिलो पटक संगीत दिएका थिए ।

‘डिस्को किङ’ भनेर चिनिने बप्पी लहिरीले बलिउडका सयौं फिल्मका चर्चित गीतहरुमा संगीत दिएका छन् । उनका ‘आई एम अ डिस्को डान्सर’, ‘यार विना चैन कहाँ रे’, ‘तम्मा तम्मा दे दे’ लगायतका गीत निकै चर्चित छन् । उनको पछिल्लो बलिउड गीत चलचित्र ‘बागी ३’को ‘भंकस’ हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds