बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि नायक शाहले आफ्नो फेसबुकमार्फत आफूलाई नियोजित ढङ्गले षड्यन्त्र गरी फसाउन खाेजेकाे बताएका हुन्।
उनले फेसबुकमा आफूमाथि षड्यन्त्र भएको भनी आफ्नै साथी, म्यानेजर, भिडियो निर्माता तथा गायकको नाम उल्लेख गरी अडियोसमेत सार्वजनिक गरेका छन्। उक्त अडियोमा गायिकालाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर षड्यन्त्र गर्ने व्यक्तिहरु भन्दै पलले साथी दुर्गेश थापा, ठूल्दाइ सरोज ओली, भाइ कृष्ण जोशी र सम्राट चौलागाईको नाम उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘ केही दिनअगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ, ती सबै नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले ममाथि प्रहार गरिएको छ।’
उनले उक्त सार्वजनिक क्लिपमा भनिए जस्तो सुतिरहेको अवस्थामा जबरजस्ती गरेको, २ वर्ष अगाडिदेखि सम्बन्धमा रहे पनि १ वर्षपछि गर्लफ्रेन्ड छ भनेको र उनलाई मार्न खोजिएको आरोप गलत रहेको स्पष्टीकरण दिएका छन्।
पलले ५ वटा अडियो सार्वजनिक गरेर दर्शक र मिडियाकर्मीलाई यो कुरा ठीक र बेठीक भएको छुट्याउन आग्रह गरेका छन्। उनले आफू गलत भए नेपालको कानुनबमोजिम सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन्।
अडियोमा टाेलीमध्ये कसैले भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’
उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।
पलले सार्वजनिक गरेका अडियो सुन्न यहाँ क्लिक गर्नुहोस्:
Part 1
Part 2
Part 3
Part 4
Part 5
Part 6
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो