दश लाख मानिसले युक्रेन छाडेः संयुक्त राष्ट्र सङ्घ

दश लाख मानिसले युक्रेन छाडेः संयुक्त राष्ट्र सङ्घ

ukraine

काठमाडौँ । रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् ।

गएको बिहीबार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ ।

युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६ सय घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ