गोरखामा भतिजाको हत्या आरोपमा काका पक्राउ

गोरखामा भतिजाको हत्या आरोपमा काका पक्राउ

hatya

गोरखा । गोरखामा भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् ।

गोरखा नगरपालिका–१२ छापगाउँका गोरखा नगरपालिका १२ को छापगाउँका ४६ वर्षीय काशीराम कुमालको हत्या गरेको आरोपमा उनका सहोदर काका ५९ वर्षीय सानो चाउरे भन्ने पदमबहादुर कुमाल बुधबार पक्राउ परेका हुन् ।

गएको शनिबार अर्थात फागुन २१ गते बिहान ५ः३० बजे काशीरामको शव उनकै घर छेवैमा फेला परेको थियो । शव फेला परे लगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा फागुन २० गते राती काका भजिता सँगै बसेर मादक पदार्थ सेवन गरेको र सोही बेला सामान्य विवादमा काका पदमबहादुरले भजिता काशीरामलाई नजिकै रहेको दाउराको चिर्पटले प्रहार गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक कुमालको निधारमा गहिरो चोट लागेको छ ।

पक्राउ परेका पदमबहादुरविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ