पोल्यान्डकी क्यारोलिना बेलावस्का बनिन् यस वर्षकी विश्व सुन्दरी

पोल्यान्डकी क्यारोलिना बेलावस्का बनिन् यस वर्षकी विश्व सुन्दरी

Miss-World-2022-Karolina

काठमाडौँ । पोल्यान्डकी क्यारोलिना बेलावस्काले यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् ।

४० जना प्रतिस्पर्धीलाई पछि मार्दै उनले उपाधि जितेकी हुन् ।

बिहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा भएको ७०औँ संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनले ताज पहिरिइन् ।

२२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनले मोडलिङ समेत गरिसकेकी छिन् ।

यस्तै, अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप भए ।

त्यस्तै, ब्युटी विथ पर्पसको उपाधि अमेरिकाले जितेको छ ।

नेपालले अन्तिम १२ मा पनि स्थान बनाउन सकेन । मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० मा छानिएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds