लेखनाथ, ४ चैत । आफनै प्रशासनिक भवन नहुँदा भाडामा बस्दै आएको पोखरा महानगरपालिका वडा नं. ३१ ले आगामी १५ महिना भित्र आफ्नै प्रशासनिक भवन पाउने भएको छ ।
साविक लेखनाथको बेगनासताल नजिक मत्स्य अनुसन्धान केन्द्रको मातहतमा रहेको करिव आठ रोपनी मध्ये बन विभाग र सिंचाईको सिफारिसमा मन्त्रीपषिदको निर्णयवाट तीन रोपनी क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
भवनको शुक्रवार पुर्व गृहमन्त्री तथा संघिय सासंद खगराज अधिकारीले शिलान्यास गर्दै विकास निर्माणका काम भने जस्तो सहज नहुने र प्रक्रिया मिलाएर गर्दा ढिला भएपनि राम्रो काम भएको बताएका थिए ।
विकास निर्माणका नाममा मुद्धा मामिला गर्न छोडेर साझा अवधारणाले अगाडी वढ्ने हो भने असम्भव काम पनि सम्भव हुने बताउदै राजनितीमा प्रतिस्पर्धा गरेपनि विकास निर्माणका काममा साझा अवधारणाले अगाडी वढ्न सवैलाई अनुरोध गर्दै नेता अधिकारीले यो क्षेत्रको विकासमा आफनो तर्फबाट सक्दो सहयोग भईरहको र आगामी दिनमा पनि प्रयास रहिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
सोही अवसरमा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले प्रशासनिक भवनको समयमा नै सम्पन्न हुनेमा विश्वास ब्यक्त गर्दै बेगनास क्षेत्रको धार्मीक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनका लागि पोखरा आएका पर्यटकलाई यस क्षेत्रमा भित्राउन सवैको साथ र सहयोग आवस्यक हुने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जुदेबि गुरुङले जनसरोकारका काम हुने प्रशासनिक भवन समय सापेक्ष अनुसार सुविधायुक्त हुनु पर्नेमा जोड दिदै महानगरपालिका भित्र अहिलेसम्म आठवटा वडामा नयाँ प्रशासनिक भवन सम्पन्न भएको र ११ वटा वडाको भबन स्तरउन्नती गरि प्रशासनिक काम सम्पादन हुदै आएको जानकारी दिएकी थिईन ।
सोही अवसरमा बडाअध्यक्ष कमल बहादुर थापाले सवैको साथ र सहयोग वडाको नाममा जग्गा प्राप्ती गर्न सकिएको र अव छिटै निर्माण कार्य सम्पन्न गरि सोही ठाँउबाट जनताका कामलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सकिने विचार राख्दै यस पुण्य काममा सवै राजनितीक दल,नागरिक समाज, बुद्धिजिबीको सहयोगको अपेक्षा गरेको बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका ईन्जिनियर पुर्ण बहादुर गुरुङले करिव चार करोड ८३ लाखको लागत इस्टमेट भएपनि बोल कवोलबाट तीन करोड छ लाखको लागतमा तीन तले भवन निर्माण हुने सम्झौता भएको र उक्त भवन २०८० को जेठ महिना भित्र सम्पन गरिसक्ने जानकारी गराएका थिए ।
कार्यक्रममा नेकपा एमाले वडा कमिटी अध्यक्ष चिरञ्जीवि बञ्जरा, नेपाली काग्रेसका वडा सभापति महेश पौडेल, माओवादी केन्द्रका अध्यक्ष भरत ढकाल, जनता समाजवादी पार्टीका गण्डकी प्देश सदस्य मधुकर न्यौपाने र सम्पुर्ण महिलाहरुको तर्फबाट बेगनासताल महिला समुहका अध्यक्ष दुर्गा अधिकारी, स्थानियहरुको तर्फबाट दिननाथ ढकाल लगायतले राजनीतिक स्वार्थ भन्दा माथि उठेर विकास निर्माणका काम गर्नु पर्ने सुझाव राखेका थिए ।
वडा अध्यक्ष कमल बादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव दुर्गा न्यौपानेले संचालन गरेकी थिईन भने स्वागत मन्तव्य वडा सदस्य पुर्णखर पाण्डेले गरेका थिए
सम्बन्धित खबर
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला