काठमाडौँ । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो ।
स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।
खाना, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि त्यहाँका नागरिकले सरकारविरुद्ध प्रदर्शन चर्काउँदै आएका छन् ।
प्रदर्शन नियन्त्रणका लागि हिजो शुक्रवार राति सङ्कटकाल घोषणा गरेकोमा आन्दोलन झनै बढ्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको हो ।
अहिले सहरहरूमा सेना परिचालन गरिएको छ । सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्का अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलङ्कामा कम्तीमा १२ घण्टा बिजुली कटौती भइरहेको छ । यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीको सामना गरिरहेको छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित