उदयपुर। बेलका नगरपालिका-६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेलका नगरपालिका-३ बस्ने भारत सिक्किम बियुङ निवासी १९ वर्षीय विनोद ढकाल र अर्की १७ वर्षीया किशोरी छन् ।
बेलका नगरपालिका-३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो-सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पुर्याउने गरेको हुँदा रिसिईवी राखि हत्याको योजना बनाएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एसईई तयारी कक्षाको लागि तीनै जनासंगै बिद्यालयतर्फ जादै गर्दा विनोद ढकालले वियरको बोतल र ढुङगाले प्रहार गरी कबिताको हत्या गरेपश्चात शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक फालेको खुल्न आएको हो ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले बताएको छ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’