टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident a

काठमाडौँ । भक्तपुरमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।

गएराति साढे १२ बजे मध्यपुरथिमी नगरपालिका ४ को चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपर र वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटर ठोक्किएको थियो।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका–६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो। उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन्। उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले टिपर चालक रामेछापको दोरम्बा–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमी– ७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुल बहादुर सापकोटालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ