शुक्रबारदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

शुक्रबारदेखि हवाई उडान स्थगित गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

airport plane kathmandu

काठमाण्डौ। वायुसेवा सञ्चालक संघले भोलिदेखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी वैशाख १४ गते नयाँ स्लट जारी गरेपछि विमान कम्पनीहरु यसको विरोधमा उत्रिएका हुन् ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।

क्यानले स्लट संशोधन नगर्दासम्म भोलिदेखि सम्पूर्ण विमान कम्पनीहरु उडान भर्न असमर्थ रहेको संघको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ