पोखराका युवाले यहाँका मेयर तथा बडा अध्यक्षका उमेदवारहरुलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने “मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता” प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
हाम्रो कास्कीकोट युवा सञ्जालले आयोजना गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णवहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का धनराज आचार्य, अटेरी स्वतन्त्रका खडक राज पौडेल (गनेस पौडेल), राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका भोजराज त्रिपाठी र मौलिक जरोकिलो पार्टीका संजय तिमिल्सिनाले आफ्नो प्रस्तुती दिएका थिए । त्यसै गरी पोखरा महानगरपालिका वडा नं. २४ का अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली काँग्रेस गठबन्धनका भरतवहादुर अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामचन्द्र थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नविन बस्ताकोटीले प्रस्तुती दिएका थिए ।
कुनै पनि राजनैतिक दलको प्रभाव भन्दा वाहिर रहेर स्वतन्त्र रुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको पोखरा महानगरपालिका वडा नं. २४ मा स्थापित युवाहरुको संस्था हाम्रो कास्कीकोट युवा सञ्जालले आगामी स्थानीय निर्वाचनलाई लक्षीत गरेर आफ्नो निकायको स्थानीय निर्वाचनमा स्वच्छ प्रतिष्पर्धाका माध्यमवाट सवैभन्दा असल, सक्षम र जिम्मेवार उम्मेदवारको पहिचान गरि निर्वाचित बनाउन आम मतदातालाई सघाउ पु¥याउने यस कार्यक्रमले सघाउ पुग्ने संस्थाले दावी गरेको छ ।
संस्थागत पत्र तथा प्रस्तावना सहित उम्मेदवारलाई कार्यक्रमको स्पष्ट ढाँचा तथा नियमहरुको वारेमा हप्ता दिन अगाडि देखि जानकारी गराएको संस्थाले सामाजिक सञ्जाल मार्फत निरन्तर सूचना प्रवाह गरिरहेका थियो । साथै, केहि दिन अगाडि पोखरामा पत्रकार सम्मेलन गरेर समेत जानकारी गराएको थियो । कार्यक्रममा मन्तव्य राख्दै वडा नंं २४ का वडाध्यक्षले सञ्जालले आयोजना गर्ने कार्यक्रमहरु समाजमा बेग्लै छाप छोड्ने खालका हुने बताए ।
गौरव त्रिपाठीको संयोजन तथा सञ्जालका संयोजक शालिकराम गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सुरुवात सञ्जालका सचिव अर्जुनवहादुर अधिकारीले गरेका थिए भने उम्मेदवारको प्रस्तुतीकरण कार्यक्रम बरिष्ठ पत्रकार केशवशरण लामिछानेले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
निर्वाचनमा बेहोरेको पराजयपछि समीक्षामा एमाले, पुनर्गठनको तयारी
२०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रधानमन्त्री बालेन शाह र मुख्यमन्त्रीहरूबीच छलफल हुँदै
प्रधानमन्त्रीले शुभकामना दिँदै फेसबुकमा लेखे : सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्
नयाँ वर्षको शुभकामना दिँदै रविले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ
सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीच सहकार्य आवश्यक: ओली
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न