सप्तरी । सप्तरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिकाका ४३ वर्षीय सतिशकुमार यादव रहेका छन् ।
आज तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नं को पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
भारतमा बेचिएका दुई किशोरीको उद्धार
काठमाडौँका सतुङ्गल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको क्षति
यी स्थानमा भारी वर्षाको सम्भावना
पारस खड्का क्यानको सचिवमा निर्वाचित, अध्यक्षमा चतुर निर्विरोध
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि